पार्वती चौधरी

मधेस हो, मधेस
छोरीचेली र बुहारीहरुलाई
घरबाट बाहिर निस्किने छैन् आदेश ।

परिवर्तनले कहाँ छोयो ?
गाउँमा कि सहरमा ?
संस्कार कि संस्कृतिमा ?
आखिर कुरा उही छ
महिलामाथि पुरुषको दमन छ
यहाँ महिलालाई यसमै घमण्ड छ ।

मधेसमा घुम्टोप्रथा छँदैछ
प्रथै – प्रथाले भरिएको मधेसमा,
दाईजोप्रथाको त महामारी नै छ
यसरी अन्धकार कोठाभित्र महिला कैद छ ।

तर, मधेसमा मधेसीले भन्छन्
यो मैथिली पहिचान हो
मिथिलाको सान हो
अनि मिथिलाको मान र दान हो
यसैमा यहाँको महिलालाई गर्व छ
पुरुषले गरेको दमनमा धर्म छ ।

त्यसैले,
कहिले उठ्ने मधेसी महिला
घुम्टो र दाईजोप्रथाको महामारीबाट माथि
पुस्तौंदेखि चिन्तित छौ हामी सबै साथी ।