राजेश विद्रोही

मैले सरल बाटो कोर्दा
तिमी जटिल बाटो कोर्दै हिडियो
आफूले कोरेको बाटोमा भाँसिदा
फेरि दोषी अरु नै भयो ?
आफू चोखिने मात्र भयो
वाह ! कस्तो अचम्मको सोंच
जता गयो उतै खोंट
जता पुग्यो उतै चोट ।

तिम्रो अगाडि कानुन पनि सितै
तिम्रो अगाडि गैर कानुन पनि रित्तै
किनभने देशको न्यायलय उस्तै छ
ताल पर्यो रित्तै छ
लाल पर्यो भित‌ै छ
अब यसको फन्दा भोग्ने कसले ?
कानुन कानुन हो
कानुनको बाटो हिँडेपछि
कानुनकै बाटो फर्किनु पर्छ ।

तिमी मान्छे चिनेनौं
अहिले पनि तिमी ठूलो भ्रममा छौ
चिन्नु नपर्ने मान्छे चिन्दै हिडियौ
हुन त म पनि तिम्रो नजरमा उस्तै छु
अहिले पनि तिम्रो बाटो झूटो छ
सत्यलाई तिमी आरोपित गर्दै छौ
असत्यको बाटो आँखा चिम्लेर हिड्दै छौ ।

अब पनि तिमी पश्चाताप गर
सहयोगी हृदयहरुलाई पहिचान गर
मुटुमा हात राखेर सलाम गर
कमीकमजोरीलाई भाग्यको दोष ठान
नभए जति नयाँ ठाउँ पुग्यो उति नयाँ घाउ बन्छ
किनभने सोच सबैको फरक हुन्छ
स्वार्थ सबैको अलग हुन्छ
तालपरे मनपरि गर्छ
नपतयाए मैले कोरेको बाटो सम्झिनुस्
सरल थियो कि कठिन ?
मैले जोडेको बाटो पुगेको भए
सायद यो बाटो आउनुपर्ने थिएन
सँगकै मन्छेहरु खेल्न पाउने थिएन्
फगत लुट्न पाउने थिएन्
अनि दोषी कोही हुने थिएन ।

( २०७८/३/२ लहान, सिरहा )