पार्वती चौधरी

म फेरिए छु
मसँगै तिमी पनि फेरिए छौ
किनभने हाम्रो बाटो फरक कोरिएछ
अचेल मनमा अर्कै कुरा भरिएछ
अनाहकमा तन पुरिएछ ।

हिजोसम्म हाम्रो मुटु एउटै थियो
अचेल – अचेल किन फरक भयो
आधी जुनी बिति सक्यो
समयसँग किन झडप भयो
खै कुन्नि किन सकस भयो ?

म फेरिए छु
मसँगै तिमी पनि फेरिए छौ
किनभने हाम्रो बाटो फरक कोरिए छ
अचेल मनमा अर्कै कुरा भरिएछ
अनाहकमा तन पुरिएछ ।

मृत्युसँगै यो कुरा जाने नै भयो
घुटुघुटु पानी पिएर जीवन बाँच्ने नै भए
कालो भनौं कि उज्यालो
आखिर यो सबै भौतिक नियम नै हुने भए
कस्तो यो समयको खेल ?
कहिले प्रकृति त कहिले अध्यात्मले नै जित्ने भए ।

म फेरिए छु
मसँगै तिमी पनि फेरिए छौ
किनभने हाम्रो बाटो फरक कोरिएछ
अचेल मनमा अर्कै कुरा भरिएछ
अनाहकमा तन पुरिएछ ।