चन्द्रनारायण राम । सप्तरीको खडक नगरपालिकामा राष्ट्रिय दलित मुक्ति जागरण अभियानको अगुवा नेताकार्यकर्ताहरुको बैठक सम्पन्न भएको छ । बैठकले दोस्रो चरणको लकडाउनमा पनि दलित तथा विपन्न समुदायमाथि विभिन्न ठाउँमा भएको अन्याय अत्याचार र भोकमरीको समिक्षा गरेका थिए भने सरकारपक्षबाट भएको बेवास्ता को बारेमा समेत छलफल भएको जिल्ला संयोजक प्रथमलाल रामले जानकारी दिएको छ । वर्तमान अवस्थामा मुलुकमा भएको राजनीतिक घटनाक्रम र फेरिएको संघ र प्रदेश सरकारको नयाँ मन्त्री परिषदमा दलित समुदायलाई उपेक्षा गरेको विषयमा समेत छलफल भएको थियो । अगामी कार्यक्रमको लागि बैठक पुनः ३१ गते बस्ने समेत जनाएको छ । बैठकमा गंगा सदा, रामनाथ मंडल, चन्द्रनारायण राम, बद्री सदा, चलितर मण्डल, विजली मण्डल, विरेन्द्र मण्डल, सुकराती मण्डल लगायतका अभियानताहरुको उपस्थिति थियो ।