मुना पन्त, लहान सिरहा । जनता समाजवादी पार्टीको प्रदेश समिति सदस्य तथा प्रखर समाजिक अभियनता ललिता विद्रोहीले लहान नगरपालिका १,का १०१ थान साडी वितरण गरेकी छिन् ।

महिलाहरूको बटसावित्री पर्वको उपलक्ष्यमा दलित तथा विपन्न महिलाहरूलाई उपहारस्वरूप १ महिला १ साडी १०१ जना महिलाहरुलाई १०१ साडी निजी श्रोतबाट वितरण गरेकी छिन् । वितरणकार्यमा पार्टीका स्थानीय नेताकार्यकर्ताहरुको पनि उपस्थिति रहेको नेतृले जानकारी दिएकी छिन् ।

उपस्थिति हुने नेताकार्यकर्ताहरूमा लहान नगरपालिकाको पार्टी प्रमुख दिनेश महतो, मुरारी प्रसाद साह, विना यादव, बैजनाथ प्रसाद साह, चन्द्रनरायण कुशवाहा, रोशन गुप्ता,पार्वती चौधरी,जागेश्वर यादव,चन्द्रमोहन यादव, रामु महतो, हरिनारायण मण्डल, जामुन दास लगायतका उपस्थिति रहेको जानकारी समेत गराएकी छिन् । ललिता विद्रोही दमित महिलाहरुको हकहित र पक्षमा सशक्त र दोरो खर्रो ढंगले उभिने सशक्त पात्र हुन् ।