pin up casino

सप्तरी ४ असार। जनयुद्धका सहिद रमेश राम (सुनिल) को १८ अौं श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ। २०६१ असार ४ गते आजकै दिन रामलाई तत्कालीन राज्यपक्षको प्रशासनबाट बोदेबर्साइन बजारमा घेराहाली हत्या गरिएको थियो ।

सप्तरीको खडक नगरपालिका ७ रजैया धाँती सामुदायिक भवनमा आयोजित कार्यक्रमको प्रमुख अतिथि माओवादी केन्द्रका केन्द्रीय सदस्य सूर्यनाथ यादव, अतिथिहरुमा जसपाका केन्द्रीय सदस्य राजेश विद्रोही, माओवादी केन्द्रका संघीय परिषद सदस्य तथा पूर्वसांसद असर्फी सदा,अरुण साह , कविता ठाकुर, बोदेबर्साइन नगरपालिका २ का वडा अध्यक्ष रामप्रसाद राम, प्रथमलाल राम, राजेश राम, चन्द्रनारायण राम, बद्री सदा, यसोदा गदाल, रुन्दी राम लगायतका उपस्थित थियो भने कार्यक्रमको अध्यक्षता नेकपा माओवादी केन्द्रका खडक नगरपालिकाका अध्यक्ष तथा नवनिर्वाचित मेयर जयप्रकाश चौधरीले गरेका थिए । कार्यक्रममा सम्पूर्ण अतिथिहरुले सहिद रमेश रामको विशेष चर्चा सहिद श्रद्धाञ्जली अर्पण गरेका थिए ।