pinup az

सप्तरीको सुरुंगा नगरपालिका ९ मा जसपाका चन्द्रनारायण यादवको विजय भएको छ । प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उमेदवारलाई ७२५ मतले पराजित गर्दै विजय भएका छन् ।

काँग्रेसका उमेदवारले ५८३ मत पाएका थिए । सदस्यहरुमा भने राधाकुमारी मोची, प्रदिप कुमार मुखिया, लेखनारायण साह, जानकीदेवी साह सहितको प्यानल विजय भएका छन् ।

यसअघि यो नगरपालिकामा जसपाको कम्जोर संगठनको कारण एउटा वडा समेत जित्न सकेको थिएन । यसपटक भने गठबन्धन गरेर तीनवटा वडा र गठबन्धनबाट माओवादीले २ वटा वडामा विजय भएको छ भने ४ वटा वडाको मतगणना सकिन बाँकी रहेको छ ।